अत्तरियामा ५० क्विन्टल क्षमताको कोल्ड स्टोर कृषि बजारलाई हस्तान्तरण

अत्तरिया-  गोदावरी नगरपालिका कृषि उपज थोक बजार समितिलाई ५० क्विन्टल क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) हस्तान्तरण गरेको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले कृषि बजारका अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका हुन् ।

Navadurga sun

कोल्ड स्डोर अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियाजनाको आर्थिक सहयोगमा निर्माण भएको हो । आठ लाख १७ हजार ६९९ रुपियाँ तथा कृषि उपज थोक बजार समितिको एक लाख पचास हजार लगानिमा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले भने, यो सानो आकारमा बनेको कोल्ड स्टोर निर्माणमा सहयोग पुर्याउनु हुने सहयोगी संस्था USAID तयार नेपाल लाई धन्यवाद सहित गोदावारी नगरपालिकले तयार नेपाल सँग सम्नबय गरेर ५० क्विन्टल बराबरको कोल्ड स्टोर यस क्षेत्रमा निर्माण गरेको बताए । किसान तथा व्यापारीहरुलाई आफ्नो उपज वस्तुहरू भण्डारण गर्न धेरै दिनसम्म टिकाउन कृषि हाटबजार उपयुक्त रहेको हुँदा यस क्षेत्रमा नै निर्माण गरिएको बताएका छन ।

गोदावारी नगरपालिकले तयार नेपाल सँग सम्नबय गरेर ५० क्विन्टल बराबरको कोल्ड स्टोर निर्माण गरिएको बताए । किसान तथा व्यापारीहरुलाई आफ्नो उपज वस्तुहरू भण्डारण गर्न धेरै दिन सम्म टिकाउन कृषि हाटबजार उपयुक्त रहेको हुँदा यस क्षेत्रमा निर्माण गरिएको बताए ।

कार्यक्रममा बोल्दै बजारका अध्यक्ष नन्दलाल भट्टले कोल्ड स्टोरले यहाँका किसानलाई राहत मिल्ने बताए । कोल्ड स्टोर सञ्चालनका लागि समितिले कार्यविधी तयार पार्ने बताए ।

ADD Khali jpg
Loading...