अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा सुप समावेशी आधारभूत विद्यालयको सहकार्यमा दसैँ,तिहार,नेपाल संवद तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।



राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरुका समस्या समाधानकालागि सहकार्य गर्न आफु सधै तत्पर रहेको बताए ।
दसैँ,तिहार,नेपाल संवद तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हर्ष उल्लासका साथ चाडपर्व मनाउन आग्रह गरे । कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक चाडवाडको समयमा भिडभाड हुने हुँदा आफ्नो सामानको जतन गर्न आग्रह गरे ।
कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्ट,वडा नम्बर २ का जनप्रतिनिधिहरु सुदूरपश्चिम प्रदेशका पदाधीकारी तथा कर्मचारीहरु, सुप समावेशी आधारभूत विद्यालयका शिक्षक कर्मचारीहरु, अपाङ्गता भएका व्यक्तिहरुको हकहितमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत सञ्चारकर्मीहरुको लगायतको उपस्थिति रहेको थियो ।





