भिडभाडमा सावधानी अपनाउन डिएसपी थापाको आग्रह

अत्तरिया- कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले चाडवाडको समयमा भिडभाड हुने हुँदा सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेका छन् ।

दसैँ लगाएतका चावपर्वका समयमा चहलपहल बढी हुने र आपराधी गतिविधि पनि बढ्नसक्ने भएको हुँदा नागरिक स्वयमले पनि सावधानी अपनाउनु पर्ने उनले बताए ।

Navadurga sun

यात्रा गर्दापनि चनाखो भएर बस्न आग्रह गर्दै उनले यातायात व्यवसायीहरूले पैसाको लोभमा हेलचक्रयाई गर्नसक्ने भएकोले यात्रु स्वयमले पनि सवारीको अवस्थाबारे जानकारी राखेर मात्रै यात्रा गर्नुपर्ने बताए ।

आज राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा सुप समावेशी आधारभूत विद्यालयको सहकार्यमा सुप समावेशी आधारभूत विद्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले किनमेल गर्ने ठाउँमा चनाखो रहन आग्रह गरे । घर बाहिर जान परे ताल्चा रामा्रेसंग लगाउन,यात्रामा आफ्नो सामानको जतन गर्न तथा शंकास्पद व्यक्ति गाँउ,टोलमा देख्दा प्रहरीलाई जानकारी गराउन पनि उनले आग्रह गरे ।

नागरिकको सुरक्षामा लागि प्रहरी जिम्मेवार भएर प्रहरी दिनरात खटिएको भन्दै थापाले नागरिकले पनि सावधानी राख्नुपर्ने बताए । ‘प्रहरी नागरिकको सुरक्षाका लागि दिनरात खटिरहेको छ,नागरिक पनि विना बर्दीको प्रहरी नै हो,त्यसैले नागरिक स्वयम पनि आफ्नो सुरक्षाका विषयमा चनाखो रहनुपर्छ,’ उनले भने ।

कुनै घटना,दुर्घटना भएमा पनि तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गर्दै उनले दसैँमा टिकट बढी मूल्यमा बिक्री गर्ने कुराहरु,कालोबजारीका कुराहरु पनि आउने हुँदा त्यसो नगर्न यातायात व्यवसायी र व्यवसायीहरुलाई आग्रह गरे । चाडपर्वको समयमा हुनसक्ने विभिन्न दुर्घटनाहरु न्युनीकरणमा सहयोग गर्न पनि उनले आम नागरिकलाई आग्रह गरे ।

ADD Khali jpg
Loading...