नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज भदौ २८ देखि





काठमाडौं, २८ साउन– विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म (भदौ २८ देखि असोज ४ गते) सम्म हुने भएको छ ।


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आधिकारिक रुपमा मिति घोषणा गर्न बाँकी रहेपनि टाइम्स अफ ओमानले सेप्टेम्बर १३ देखि सिरिज सुरु हुने जनाएको छ ।



