


धनगढी- कैलालीको धनगढीमा रहेको नवजीवन अस्पताले निः शुल्क उपचार गरेको छ । डोटीको जोरायल गाउपालिका– ५ की ७८ वर्षीया बृद्धा मन्सरादेबी खडायतको निशुल्क उपचार गरेको हो ।


यहि असोजको ६ गते घाँस काट्ने बेला घर आसपासकै ढाँडीखोला बनमा चिप्लिएर घाईते भएकी थिईन । उनको बाँया खुट्टामा गम्भिर चोट लागेको थियो ।


तीन दिनपछि अथवा असोज ८ गते नवजीवन अस्पताल धनगढी पुगाईएकी बृद्धाको घुँडामुनीको भाग काम नलाग्ने भएको थियो । वृद्धा मन्सराको आर्थिक अवस्था कमजोर भएपछि अस्पतालले निशुल्क उपचार गरेको हो ।

अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले श्रीमान नभएकी एकल जेष्ठ नागरिक र घरको आर्थिक अवस्था कमजोर भएकाले उनको सम्पूर्ण उपचार खर्च मिनाहा गरिएको बताए । उनको उपचारका २ लाख खर्च भएको जानकारी दिए । ढुंगाना नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष पनि हुन ।
‘आर्थिक अवस्था एकदमै नाजुक रहेछ, जेष्ठ नागरिक, त्यसैमा एकल महिला पनि भएकाले अस्पतालले उनको उपचारमा लागेको २ लाख रकम मिनाहा गरेको हो’ ढुंगानाले भने ।
हाडजोर्नी विषेशज्ञ चिकित्सक डा. बिदुरमणी ढकाल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले महिलाको घुँडामुनीको खट्टुाको सल्यक्रिया गरेको हो । ती महिला आज (आईतबार) डिस्चार्ज भएकी छन । अस्पतालले निशुल्क उपचार गरेपछि उनका छोरा कुमार खडायतले अस्पताल परिवार र चिकित्सक टोलीललाई धन्यवाद दिए । कुमार पनि अपांग हुन ।
पैँसा अभावकै कारण आमालाई ढिलोगरि अस्पताल ल्याएको बताउँदै कुमारले नवजीवन अस्पतालले आफ्नो परिवारलाई ठूलो गुन लगाएको उल्लेख गरेका छन् ।





