गोदावरी नगरपालिकाले चाडपर्वको समयमा बजार अनुगमनलाई निरन्तरता दिँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले चाडपर्वको समयलाई मध्ये नजर गर्दै  बजार अनुगमनलाई निरन्तरता दिएको छ । नगरपालिकाले शुक्रबार बाट बजार अनुगमन सुरु गरेको हो । नेपालीहरूको महान पर्व दशैँ र तिहारलाई लक्षित गरि अनुगमन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोय नाथ ओझाले अत्तरिया बजारमा अनुगमन गर्ने क्रममा मासुहरुमा अखाद्य रङ्गहरू भेटिएका र समयावधी सकिएका सामग्रीहरू थुप्रै भेटिएका हुँदा नष्ट समेत गरेको जानकारी दिएका हुन् । 

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

दशैँको समयमा बढी किनमेल र खानपिन बढी हुने भएकाले हिन्दुहरूको महान चाडपर्वलाई लक्षित गरी अनुगमनलाई निरन्तरता दिएको बताउनु भयो । शुक्रबारदेखि सुरु भएको अनुगमन अब भने दशैँको अघिल्लो दिनसम्म निरन्तर चल्ने जनाइएको छ ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख लोक बहादुर खड्काले जनताहरूको हकहितका लागि जनताको स्वास्थ्यमा हानिकार नहुने खाद्य वस्तुहरूको नष्ट गर्नका लागि अनुगमनलाई निरन्तरता दिएको बताउनु भएको छ । अखाद्य बस्तुहरू भेटिएमा पहिलो चरणमा व्यापारीहरूलाई सुझाव दिने र यदि उक्त नियम पालना गर्न सकेन भने कारवाही समेत गर्ने उनले बताए । 

शुक्रबार मसला, चिसो पेयपदार्थ, अखाद्य रङ्ग प्रयोग भएका मासुका परिकार, धेरै दिन अघि नै तयारी अवस्थामा राखिएको मःम लगायतका करिब १० हजार बराबरका वस्तुहरू बरामद गरि नष्ट गरिएको थियो ।

Loading...