अत्तरियामा बजार अनुगमन तिब्रता

अत्तरिया- गोदावरी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । यस अघि प्लाष्टिकजन्य वस्तुमा अनुगमन गरिरहेको नगरपालिकाले खाद्यान्नजन्य पसल र किराना पसलमा बजार अनुगमन सुरु गरेको हो ।

हिन्दुहरुको महान चाड दसैँ, तिहार र छठ नजिकीए संगै बजारमा भिड बढेको छ । महान पर्व दशैँ र तिहारलाई लक्षित गरि नगरपालिकाले शुक्रबार बाट बजार अनुगमनलाई अझ प्राथमिकता दिएको जनाएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले दशैँतिहारलाई लक्षित गरेर बजार अनुगमन सुरु गरिएको बताईन। उनले चाडवाडको बेला खाद्यान्नहरु गुणस्तरयुक्त भए नभएको जाँच गर्नलाई अनुगमन गरिएको बताईन् । शुक्रबार ४५ वटा पसलहरुमा अनुगमन गरिएको छ ।

अत्तरिया बजारको पहाडरोडतिर रहेका किराना तथा होटलहरुमा अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख लोकबहादुर खड्काले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार अनुगमनका क्रममा मसला, चिसो पेयपदार्थ, अखाद्य रंग प्रयोग भएका मासुका परिकार, धेरै दिन अघि नै तयारी अवस्थामा राखिएको मःम लगायतका करिब १० हजार बराबरका वस्तुहरु बरामद गरि नष्ट गरिएको थियो ।

अत्तरिया बजारको पहाडरोडतिर रहेका किराना तथा होटलहरुमा अनुगमन गरिएको जनाएको छ । अनुगमनका क्रममा मसला, चिसो पेयपदार्थ, अखाद्य रंग प्रयोग भएका मासुका परिकार, धेरै दिन अघि नै तयारी अवस्थामा राखिएको मःम लगायतका करिब १० हजार बराबरका वस्तुहरु बरामद गरि नष्ट गरिएको छ।

शुक्रबारदेखि सुरु भएको अनुगमन अबदेखि बजारमा निरन्तर रुपमा चल्ने नगर उपप्रमुख रोकायाले बताएकी छन् । उनले अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरु बरामद गरी नष्ट गरिएको बताईन । पहिलो पटक अनुगमनका क्रममा व्यवसायीहरुलाई सुझाव दिईएको र आगामी दिनमा त्यस्तो कुरा दोहोरिएमा कारबाही गरिने बताएकी छन् ।

गोदावरीको अत्तरियामा बढी नै भिड हुने हुँदा गलत गर्नेहरुले मौका पाउने हुँदा पनि नगरले अनुगमनलाई तिब्रता दिएको जनाएको छ । देशमा तीन तहका सरकार छन् । तीन तहको सरकारले नै बजार अनगुमन गर्ने अधिकार रहेको छ ।

यस अघि बजार अनुगमन नभएको भन्दै गुनासो आउने गरेको थियो । अर्को कुरा दसैँ र तिहारको मुखमा मात्र अनुगमन हुने गरेको पनि त्यतिकै आरोप लाग्ने गरेको छ ।

व्यवसायीहरुले दसैँ र तिहारमा मात्र अनुगमन गर्नु भन्दा पनि निरन्तरता दिन आवश्यक रहेको बताउँदै आएका छन् । ‘बजार अनुगमन गर्नु राम्रो हो’ स्थानीय समेत रहेको एक व्यवसायीले भने । ‘तर, व्यवसायीलाई तर्साउने काम गर्नु हुँदैन् ।’

Loading...