ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङ । दुई जना होटेल सञ्चालक र अर्का एक युवकलाई दाङ प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ घर भई हाल दाङको घोराही उपमहागनरपालिका वडा नम्बर १४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ वर्षीय किशोर सुनार पक्राउ परेका हुन।

Dadeldhura hospital

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार रोल्पा घर भएका र हाल दाङको घोराही वडा नम्बर १४ बसापार्क क्षेत्रमा ‘न्यू कोसेली खाजा घर’ सञ्चालन गर्दै आएकी ४७ वर्षीया मीना घर्ती मगर पनि पक्राउ परेकी छन्।

Navadurga sun
Godawari sandesh

त्यस्तै घोराही वडा नम्बर १० जलौराका २० वर्षीय आकाश बुढा पनि प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो। गोप्य सूचनाका आधारमा सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार पक्राउ गरिएको थियो।

 

Loading...