


अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले पाठेघरको मुखको क्यान्सर (HPV) खोप अभियान तथा तथ्यांक संकलन सम्बन्धी स्वयंसेवक, स्वास्थ्यकर्मी तथा प्रतिनिधीहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।


गोदावरी नगरपालिकाले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निःशुल्क दिने भएको छ । यसका लागि आज देखि नै सबै वडाबाट तथ्याङ्क संकलनको काम अगाढी बढेको छ ।


‘unicef को for every child ’ को सहयोगमा पालिका भित्रका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप लगाउनका लागि आज देखि सबै वडाको आधारभूत स्वास्थ्य केन्द्र मार्फद तथ्याङ्क संकलन भै रहेको जानकारी गोदावरी नगरपालिकाकी सिए निरिक्षक शान्ति बलमपाकीले बताएकी छिन ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगरपालिका प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपालदत्त भट्ट, वडा न. १२ का भिम खड्का , वडा न ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला, स्वास्थ्य शाखाका बिर बहादुर कुवर लगायत वडा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, प्रतिनिधीलाई तथ्याङ्क संकलन सँगै खोप अभियान के कसरी काम अगाढी बढाउने बाजे अभिमूखीकरण कार्यक्रम संचालन भएको हो ।
नगरपालिकाका स्वास्थ्य कर्मीका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।
‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन,’ सुवेदी भन्छन्, ‘भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ ।’
महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमण मुक्त भने बनाउन सक्दैन । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने पालिकाका स्वास्थ्यकर्मी बिर बहादुर कुवरले बताएका छन ।





