सडक खन्ने क्रममा घाइते भएका मजदुरको मृत्यु

अत्तरिया- नेपाली सेनाद्वारा निर्माण भइरहेको तिंकर सडकमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ।

Dadeldhura hospital

सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षीय धनप्रसाद डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार डाँगीलाई उपचारका लागि खलंगा ल्याउने क्रममा सोमबार राति सुन्सेरा क्षेत्रमा पुग्दा उनको मृत्यु भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

दार्चुला–तिंकर सडकखण्ड अन्तर्गतको व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा माथिबाट आएको ढुङ्गा लागेर ती मजदुर घाइते भएका थिए । दिउँसो २ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट खसेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए ।

Loading...