लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ भासीबाट भारत, लखिमपुरको पलियाका २८ वर्षीय बलराम सिंह पक्राउ परेका छन्।

Dadeldhura hospital

सिंहलाइ १ दश्मलव ८२ ग्राम लागूऔषध (खैरो हेरोइन), नगद ८ हजार १ सय र मोबाइल १ थानसहित सोमवार पक्राउ परेका हुन्।

Navadurga sun
Godawari sandesh

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीबाट सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपाली लागूऔषधसहित पक्राउ परेका छन्। नेपालीलाइ ९ एम्फुल रेक्सोजोसिस र ९ एम्फुल फेनारगनसहित प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Loading...