कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सिंहले दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार अविरल वर्षासँगैको विपद् र उद्धार-राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो। कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए।

Navadurga sun

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्णरूपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ । 

अहोरात्र सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज लागिरहेका भन्दै उनले यो विषम परिस्थितिमा विपदमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालन हुन आह्वान गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...