आज यी ६ प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं- शुक्रबारदेखि देशका अधिकांश भूभागहरुमा भारीदेखि अति भारी वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि यो क्रम जारी रहने पूर्वानुमान गरेको छ।

मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

शनिबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहेको छ भने अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

Dadeldhura hospital

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरुमा दिउँसो अति भारी वर्षा समेत हुने महाशाखाको पूर्वानुमान छ।

देशको तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना छ। शनिबार राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा रातिपनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा तराई क्षेत्रमा हावाहुरी आउने महाशाखाको पूर्वानुमान छ।  

वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको  जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Loading...