सुदूरपश्चिम समाजद्वारा पत्रकारका लागि कार्यशालाको आयोजना

अत्तरिया- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हकहितका लागि काम गर्दै आएको सुदूरपश्चिम समाजले पत्रकारका लागि कार्यशालाको आयोजना गरेको छ । समाजले आज (शुक्रबार) धनगढीमा सोहि क्षेत्रका २५ जना पत्रकारको सहभागितामा कार्यशाला सम्पन्न गरेको हो ।

कार्यशालामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासंघकी कार्यक्रम संयोजक सिमरन शेरचनले विषय वस्तुमाथी प्रस्तुतीकरण गरेकी थिइन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै समलिंगि विवाह गरेकी मनिला न्यौपानेले अझै कतिपय समाचारमा गरिएका शब्द चयनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई नराम्रो प्रभाव पर्ने बताइन् ।
उनले प्राःय गरी युट्युबरहरुले अपाच्य शब्दहरु प्रयोग गर्ने गरेको गुनासो गरिन् ।

कार्यशालामा आफ्नो भनाइ राख्दै पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले सञ्चारमाध्यमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिसंग सम्बधित समाचारमा शब्द चयनमा पत्रकारले ध्यान दिनुपर्ने बताए ।

उनले पछील्लो समय युट्युब छोडेर मुलधारका सञ्चारमाध्यमले सम्मानजनक शब्दहरु प्रयोग गर्ने गरेको बताए। जोशीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुका समस्याका विषयमा कलम चलाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

कार्यशालामा महासंघका केन्द्रिय अध्यक्ष एवम् सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामा, समाजकी अध्यक्ष करुणा नेपाल लगायतको उपस्थिति रहेको थियो ।

Loading...