जन्मदिनबाट सुरु गरे युवा नेता आगोले सार्वजनिक शौचालय सरसफाइ अभियान

अत्तरिया- नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे (आगो) ले सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान थालेका छन् । उनले बुधवार आफ्नो जन्मदिनको अवसरमा काठमाण्डौँ पशुपतिनाथ मन्दिरको शौचालयमा पुगेर अभियानको थालनी गरेका हुन ।

‘सरसफाइ नै मानव सभ्यताको प्रमुख आधार हो भन्ने उद्देश्यले आज मेरो जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिरको परिसरमा रहेको सार्वजनिक शौचालयमा सरसफाइ गरेर अभियान सुरु गरेको छु’ उनले भने ‘अभियान अन्तरगत प्रत्येक हप्ताको बुधवारको दिन २ घण्टा सार्वजनिक विद्यालय, मठ मन्दिरहरूमा जनचेतना फैलाउँदै आफै गएर सार्वजनिक शौचालयहरूको सरसफाइ गर्ने छु ।’

Navadurga sun

सार्वजनिक शौचालयमा जादा त्यहाँ फोहोर हुने गरेको अनुभव सुनाउँदै यो अभियान सुरु गर्ने योजना बनाएको बताए । उनले अभियान अन्तरगत आवश्यक परेको खण्डमा शौचालयमा प्रयोग गरिने फिनाइल, ब्रस, बाल्टिन, डस्टविन लगायतका सामग्री पनि सहयोग गर्ने बताए । उनले हप्ताको बुधवार जुन ठाउँमा पुगेको भए पनि त्यहाँ नै सरसफाइ गर्ने बताए । अभियान निरन्तर चल्ने उनले बताएका छन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...