डोटीको बोगटानमा सुत्केरीलाई कोसेली कार्यक्रम सुरु

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ गगुडामा सुत्केरी आमालाई वडाको कोसेली कार्यक्रम सुरु भएको छ ।
गगुडा स्वास्थ्य चौकीको समन्वय र वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई प्रोत्साहन स्वरूप एउटा ब्लान्केट, एक क्रेट अण्डा, दुई प्याकेट आयोडिन नुन, एक प्याकेट खाने तोरीको तेल र एउटा हात धुने साबुन प्याकेज बनाएर कोसेली दिन लागिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

कोसेली कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा प्रोटोकल अनुसार गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरूको घरमै गएर कोसेली दिनुका साथै आमा र नवजात शिशुको स्वास्थ्य सबल बनाउन आवश्यक सल्लाह तथा परामर्श दिइनेछ ।

Navadurga sun
Godawari sandesh

घरमा हुने सुत्केरी सङ्ख्या शून्य पार्न तथा पूर्ण संस्थागत सुत्केरी वडासँगै कुपोषण न्यूनीकरण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको गगुडा स्वास्थ्य चौकीका सिअहेव तथा सूचना अधिकारी शिशिर बोगटीले बताए । यो कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन हुने र सुत्केरी भएको १० दिनभित्रै कोसेली उपलब्ध गराइने बताइएको छ ।

Couple
Loading...