बझाङका एक युवक सेती नदीमा बेपत्ता

Dadeldhura hospital

बझाङ- बझाङका एक युवक सेती नदीमा बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका-९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएका हुन् ।

उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका प्रहरीले बताएको छ । स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा प्रहरी टोलीले खोजी कार्य गरिहेको छ ।

Loading...