धनगढीमा किशोरीहरूलाई आत्मरक्षा तालिम शुरु

धनगढी- नेपाल लोकतान्त्रिक खेलकुद सघं सुदुरपश्चिम प्रदेशले धनगढीमा आत्मरक्षा तालिम शुरु गरेको छ । कैलालीका बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको हो ।

केआइएफ कुरोदय सेल्प डिफेन्स मार्सल आर्टस् सघंको सहयोगमा तालिम शुरु भएको हो । धनगढी स्थित निर्माण व्यवसायी सघंको सभा हलमा तालिम शुरु गरिएको हो ।

Navadurga sun

बिभिन्न स्कुलमा अध्ययनरत १ सय ५० जना किशोरीहरूको नाम सिफारिस भएको नेपाल लोकतान्त्रिक खेलकुद सघं सुदूरपश्चिमका अध्यक्ष तथा प्रमुख प्रशिक्षक सुरेन्द्र सिहं बिष्टले बताए । ३ दिन सम्म चल्ने तालिमबाट ३० जना किशोरीहरूलाई छनौट गरी उनिहरुलाई प्रशिक्षकका रुपमा तयार पार्ने योजना बनाइएको छ ।

हामी ३ दिनको प्रशिक्षणबाट ३० जना किशोरीहरूलाई छनौट गर्छौँ बिष्टले भने “३० जनालाई एक महिना तालिम दिएर प्रशिक्षक तयार गर्ने छौँ र उहाँहरूले सुदूरपश्चिमका ९ वटै जिल्लामा गएर आत्मरक्षा तालिम दिनुहुने छ ।”

बिभिन्न स्कुलमा अध्ययनरत छात्राहरूलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको बिष्टले बताए । महिला तथा बालबालिकाहरूलाई समाजमा हुने बिभिन्न हत्या, हिंसा, बलात्कार लगायत आपराधिक क्रियाकलापबाट जोगाउनु नै तालिमको मुख्य उद्देश्य रहेको उनले बताए । घटना न्यूनिकरणका लागी व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने उनले बताए ।

ADD Khali jpg
Loading...