ओलीसँग एक थोपा रगत हुन्जेल सम्म पनि लड्छुः दुर्गा प्रसाईं

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

उनले भने, प्रसाईं विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

तर, पक्राउ परेर प्रहरीको गाडीमा चढ्ने बेलामा दुर्गा प्रसाईले भने, ‘केपी ओलीसँग त एक थोपा रगत हुन्जेल सम्म पनि लड्छु ।’

प्रसाईंका पछिल्ला गतिविधि र आक्रामक क्रियाकलाप प्रमुख राजनीतिक दल र सरकारलाई टाउको दुखाइको विषय बन्न पुगेको थियो ।

अझ प्रधानमन्त्री केपी शर्मा ओली र एमाले माथि त हरेक कार्यक्रममा तथानाम गालीलगौज गर्दै आएका थिए । त्यसै बीच एकाएक आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी झन् आक्रोशित बनेका हुन् ।

Loading...