बन्दुकसहित एक जना पक्राउ

डोटी । नेपाल प्रहरीले डोटीमा एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले पूर्वीचौकी गाउँपालिका वडा नं. ७ बगडाका ६२ वर्षीय शंकर साउदलाई पक्राउ गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

उनी भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

डीएसपी भट्टराईका अनुसार साउदलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । स्थानीयका अनुसार साउद स्थानीय वनमा वन्यजन्तुको सिकार गर्न भरुवा बन्दुक प्रयोग गर्दै आएका थिए ।

 

 

 

 

 

Couple
Loading...