पानीका मुहान सुक्न थालेपछि सामुदायिक वनमा ‘रिचार्ज पोखरी’

बैतडी- जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि विशालपुरवासी पानी पुनर्भरण पोखरी निर्माणमा जुटेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

स्थानीयवासीले दुई वटा सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरले पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक नीति, २०८१ जारी गरेर पोखरी निर्माण सुरु गरेको हो ।

Navadurga sun
Godawari sandesh

वडाको सामुदायिक नीति घोषणा गरेर पानीका मुहान संरक्षण गर्न वनजङ्गलमा रिचार्ज पोखरी निर्माण, जलवायु अनुकूलन खेती र मूल बिउ जोगाउँदै वातावरण संरक्षण गर्न पाँच हजार वृक्षरोपण गरिएको वडाध्यक्ष लोकराज भट्टले बताए ।

गाउँमा खाद्य सङ्कट, खडेरी, बेरोजगारी र बसाइँसराइको दर बढ्न थालेपछि समुदाय र वडा कार्यालयको साझेदारीमा सामुदायिक नीति घोषणा गरिएको वडाध्यक्ष भट्टले बताए ।

Couple
Loading...