


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को मा रहेको काठेपुल क्षेत्र वरपर सरसफाइ गरिएको छ । गोदावरी अस्थायी प्रहरी पोष्ट, ट्राफिक अस्थाई चेक पोष्टका प्रहरीहरू र स्थानीय व्यावसायीहरूले काठेपुल क्षेत्र परपर सरसफाइ गरिएको हो ।



सरसफाइमा चाहिने सामग्रीहरू झाडो, पन्जा लगायत अन्य बस्तु गोदावरी नगरपालिकाले उपलब्ध गरेको गोदावरी धाम विकास समितिका सचिव दिपेन्द्र अवस्थीले जानकारी दिए ।


गोदावरीको पर्यटकीय क्षेत्रका रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले काठे पुलमा समय समयमा झण्डा तथा डोकाहरु लगाउने क्रियाकलाप हुँदै गर्दा सरसफाइमा पनि ध्यान दिनु पर्ने भएकाले सबैको सहयोगमा सरसफाइ गरेको अवस्थीले बताए । गोदावरी धाममा केही दिन अगाडि समेत सरसफाइ गरेको थियो ।
सुदूरपश्चिम प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्र भएकाले गोदावरी क्षेत्रमा हुने विभिन्न विकृतिहरू रोक्न प्रदेश सरकार र स्थानीय सरकारले पहल चाल्नुपर्ने उनले बताए । साथै यस क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्ने बताएका छन ।





