दार्चुला तुइन प्रकरण : सत्यतथ्य संसदलाई जानकारी गराउन सभामुखको आग्रह
काठमाडौँ, २६ साउन- सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदिमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।




प्रतिनिधि सभाको आजको बैठकमा सभामुख सापकोटा दार्चुला घटनाको विषयमा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य पत्ता लगाएर त्यसबारे चाँडो भन्दा चाँडो प्रतिनिधिसभालाई जानकारी गराउन सरकारलाई निर्देशन गरेकाे हाे ।


बैठकमा सांसदहरुले कोरोना महामारीका कारण समस्यामा परेका जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सबै नेपालीले समयमै खोप पाउने सुनिश्चितता गर्न र स्थगित भएका परीक्षा वैकल्पिक व्यवस्था गरेर भए पनि सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् ।




