


अत्तरिया- कैलालीको धनगढीमा लागूऔषध सहित दुई युवती पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना पक्राउ परेका हुन् ।


उनीहरूलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।





