कैलालीको धनगढीमा असोज ५ गतेदेखि खुल्ला क्रिकेट प्रतियोगिता हुने

धनगढी- कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा यही असोज ५ गतेदेखि १२ गतेसम्म क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

युवा क्लवले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रिकेट प्रतियोगिता आयोजना र तयारीबारे जानकारी दिएको छ ।प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

Navadurga sun
Godawari sandesh

दोस्रो हुने टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पाउनुका साथै उत्कृष्ट बलर र ब्याड्स म्यानले समान नगद २५/२५ सय हात पार्नेछ । प्रतियोगिता धनगढी १ पशुपति टोलमा रहेको खेल मैदान (महोत्सव लाग्ने ठाउँ) मा खेलाइने छ ।

Loading...