

अत्तरिया- सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरु गरिएको छ । बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरु भएको हो ।


बुधवार अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरु भएको अस्पतालले जनाएको छ।



स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरु भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा अत्याधुनिक उपकरण जडान गरेर परीक्षण र उपचार सेवा सुरु भएको अस्पतालले जनाएको छ ।
स्वीकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन । त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ ।
खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरूमा पानी आपूर्ति नभएकाले चिकित्सकहरू आउन मानी रहेका छैनन् । अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाइरहेका चिकित्सकहरू गेटामा सरकारी तलब मात्रै छ भने पनि नआउनाले सेवा सञ्चालनमा ढिलाई भइरहेको छ ।