



काठमाण्डौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो ।


बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईं सहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए । उनका अनुसार प्रसाईं सँगै जीवन पाण्डे र दुर्गा खनाल विरूद्ध पनि पुर्जी जारी भएको हो ।





