कैलालीको गोदावरीका चार ठाउँमा हाइमास्ट लाइट जडान

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरिया बसपार्क, मालाखेती चोक, स्याउले बजार र लालपुर बजारमा हाइमास्ट लाइटद्वारा बत्ती बले सँगै सडक खण्ड झिलिमिली बनेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग र खुटिया–दिपायल सडकखण्डको केन्द्र मानिएको स्याउले बजारमा हाइमास्ट लाइट जडान भए सँगै यस ठाउँका स्थानीय व्यापारी देखि पैदल यात्रीको माग अनुसार समयमै काम सम्पन्न गर्नाले सबैलाई सहजता भएको जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस बजारमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न हाइमास्ट लाइट अपरिहार्य रहेको नगर प्रमुख भट्टले बताएका हुन् ।

त्यसै चोकको बिचमा सानो आकारको पार्क बनाएको र सडक दुर्घटनाको जोखिम कम गर्न रिफलेक्टर समेर राखिएको बनाएका छन ।

गोदावरी नगरपालिकाको महेन्द्र राजमार्गमा पर्ने सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर मालाखेती चोक, अत्तरिया बसपार्क, लालपुर चोक लगायत ठाउँमा एकै साथ हाइमास्ट लाइट जडान गर्न सफल भएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

Loading...