कैलालीको अत्तरियामा सोफा स्टोर सञ्चालनमा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर १ अत्तरियामा सोफा स्टोर सञ्चालनमा आएको छ। अत्तरिया चोक देखि धनगढी रोड करिब ९ सय मिटरको दूरीमा ‘सोफा स्टोर धनगढी’ नाम दिएर सञ्चालनमा आएको हो ।

मंगलबार असोज १ गते अर्थात् विश्वकर्मा पूजाका दिन उक्त ‘सोफा स्टोर धनगढीको’ गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपालदत्त भट्ट र अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा संयुक्त रुपमा रिबन काटी उद्‌घाटन गरेका हुन् ।

Navadurga sun

सोफा स्टोरका व्यवसायी सञ्चालक दिपेन्द्र धरेलले ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय सँगै सर्वसुलभ मूल्यमा आकर्षक सोफा लगायतका फर्निचरहरू सस्तोमा गुणस्तर उपलब्ध गराउने उद्देश्यले ‘सोफा स्टोर धनगढी’ सञ्चालनमा ल्याइएको बताए ।

सोफा स्टोरमा अफिस, विद्यालय तथा घरायसी प्रयोजनका लागि गुणस्तरीय फर्निचर भएकाले सबैलाई उपयुक्त हुने उनको भनाइ रहेको छ । स्टोरमा सोफा, दराज, अफिस फर्निचर, डिजाइनिङ वेड लगायतका फर्निचर उपलब्ध रहेको बताए ।

सञ्चालक धरेलले ‘सोफा स्टोर धनगढीमा’ नेपालीहरूको महान चाडपर्व दशैं तथा शुभ दिवापालीको अवसर पारेर विशेष धमाका अफरका साथ सुपथ मूल्यमा फर्निचरहरू उपलब्ध गराएको बताए । सो अफर अन्तर्गत हरेक सोफाको खरिदमा गलैँचा सित्तैमा साथै सोफा खरिद गर्दा ‘लक्की ड्र’ मार्फत स्कुटी, टिभी र फ्रिज जित्न सक्ने मौका व्यवस्था गरिएको बताए ।

उनले दशैं धमाका अफरमा बजार प्रचलित मूल्य भन्दा विशेष छुटमा सोफाहरु बिक्री उपलब्ध गराइएको बताए । सोफा स्टोरको मुख्य स्टोर काठमाण्डौ रहेको साथै सञ्चलामा आएको उक्त सोफा स्टोर धनगढी पाँचौं शाखाको रूपमा रहेको साथै कैलाली भरी फ्री डेलिभरीको सुविधा उपलब्ध गराएको छ ।

ADD Khali jpg
Loading...