महाकालीको बाढीले भत्कायो बाँध

कञ्चनपुर- महाकाली नदीमा आएको बाढीले निर्माणाधीन महाकाली चार लेन पक्की पुल आयोजनामा क्षति पुर्‍याएको छ । महाकाली नदीको बाढीले आयोजना अन्तर्गत पोखरी निर्माण गर्न राखिएको बाँध कटान गरेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पोखरीका लागि ढुंगा र ग्राभेल हालेर बनाइएको बाँध महाकाली नदी कटान गरिरहेको हो ।

महाकालीको धार परिवर्तन गरेर कटान रोक्ने प्रयास जारी रहेको भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भुपेन्द्र सिंह रावलले बताए । जेसीबी र स्काभेटरको सहायताले सिमेन्टका ब्लक राखेर महाकालीको धार फर्काउने प्रयास गर्दा पनि सफल नभएको उनको भनाई छ ।

Navadurga sun

बाँध जोगाउनका लागि पानीको बहाबको घर्षण कम गरेर नदीको धार परिवर्तन गर्नका लागि राखिएका केही ब्लक पनि बगाएको छ ।

महाकाली पक्की पुलको काम अन्तिम चरणमा छ । पक्की पुलको दुवैतिर २/२ पोखरी निर्माण गरेर महाकालीको पानी पक्की पुलमुनि भएर बहने गरेको छ । ०७८ साल कार्तिकमा आएको बाढीले पनि पक्की पुलको कालोपत्रे पहुँच मार्ग बगाएको थियो ।

ADD Khali jpg
Loading...