धनगढी- धनगढीमा सञ्चालनमा रहेको गोठालोको शाखा विस्तार गरिएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालोले कभर्डहल चोक (पुरानो एयरक्र्याफ्ट म्युजियम रहेको स्थान) मा नयाँ शाखा विस्तार गरिएको हो ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले शनिवार गोठालोको नयाँ शाखा उद्घाटन गरेका छन । केक र नास्ताको संगमका रूपमा सुरुवात गरिएको गोठालोको पहिलो शाखा विस्तार गरिएको हो ।



गोठालोको उद्घाटन गर्दै अध्यक्ष कुँवरले गोठालोले देशमै केही गरौँ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताएका छन् ।
उनले गोठालोले चलाएको यो अभियानलाई र गोठालोलाई आफ्नो पनि सधैँ सहयोग रहने बताएका छन् गोठालोमा कोदोको केक पनि पाइने छ । पोषणयुक्त बाली कोदो स्वास्थ्यका लागि फाइदाजनक रहेकाले यसको प्रवर्धन गर्न खटिएको बताइएको छ ।
नेपालमै पहिलो पटक कोदोको केक सुरु गरेको गोठालोले उद्घाटनको दिन कोदोको केक निःशुल्क, अन्य केकहरूमा र कोदोको मःम मा ५० प्रतिशत छुटमा उपलब्ध गराएको छ । यस्तै ३० र ३१ गते अन्य सम्पूर्ण केकमा र कोदोको केकमा ५० प्रतिशत छुट रहेको गोठालोले जनाएको छ ।
