कैलालीमा बाढीको उच्च जोखिम, ५१ परिवारलाई सुरक्षित स्थानमा सारियो

अत्तरिया- कैलालीको सुदूरपूर्वी जानकी गाउँपालिकामा बाढीको जोखिममा रहेका ५१ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पूर्व सूचनाका आधारमा जानकी गाउँपालिका-४ गिरधरपुरका ३५ घर र वडा नम्बर ७ फरेलाका १६ घर परिवारलाई सुरक्षित भवनमा सारिएको हो ।

Navadurga sun
Godawari sandesh

वडा नम्बर ४ का वडा अध्यक्ष दिपेन्द्र कुमार कठरियाले पथरैया नदीको बाढी गाउँमा पसेकाले सुरक्षित स्थानतर्फ सारिएको बताए ।

त्यस्तै जोशीपुर गाउँपालिका-४ को वाणी र पटाउ गाउँमा र ३ को भित्तरिया गाउँमा समेत पथरैया र काँढा नदीको बाढी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

Loading...