दृष्टि फाउन्डेसनमा जन्मदिनको अवसरमा अक्षयकोष निर्माण

अत्तरिया- धनगढी १३ स्थित दृष्टि फाउन्डेसनमा हरिभक्त सिटौलाको जन्म दिनको अवसरमा अक्षयकोष निर्माण गरिएको छ । मोरङका हरिभक्त सिटौलाको जन्म दिनको अवसरमा १ लाख ११ हजार १०० रुपैयाँको अक्षयकोष निर्माणमा सहयोग गरिएको हो ।

Ganyapdhura gau

प्रदेश सांसद तुलसी देवकोटामार्फत दृष्टि फाउन्डेसनलाई सहयोग प्रदान गरिएको हो । सहयोग प्रदान गर्दै उनले भनिन् , “धन मात्रै भएर केही हुँदैन, सेवा भाव पनि हुनुपर्छ । दृष्टि फाउन्डेसनले नेपाल सरकारले गर्न नसकेको कार्य गरेको छ, र अनाथ बालबालिकाको सहारा बनेको छ । ”

Navadurga sun
Dadhaldhura pur

“दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले यो कार्यलाई सुदूरपश्चिमले मात्र होइन, पूर्वले पनि उनको कार्यको मूल्याङ्कन गरेको छ । ” उनले थपिन् ।

फाउन्डेसनका सल्लाहकार टेकेन्द्र देउवाले मानवताको कुनै सीमा र भूगोल नभएको बताए । मानवता देखाउँदै मोरङका व्यक्तिले सुदूरपश्चिमका व्यक्तिहरुलाई सहयोग गरेको उनले बताए ।

दृष्टि फाउन्डेसनकी उपाध्यक्ष पवित्रा पाण्डेले बालबालिकाको समस्यालाई मध्यनजर गर्दै सहयोगको गरेकोमा धन्यवाद दिँएकि छन् । उक्त रकमलाई बढाएर १ करोड पुर्याउने लक्ष्य रहेको जानकारी दिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...