धनगढी- धनगढीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।




धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिक चालक धनगढी–३ बस्ने २३ वर्षीय उमेश चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल र चालक अछामको साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँदले चलाएको से.७ प. ५७४१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा शुक्रवार दुर्घटना भएको हो ।







दुर्घटना हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल चालक चन्द रहेका छन् । चन्दको टाउको, अनुहार र पिठ्युमा चोट लागेको छ ।
यस्तै से.७ प. ५७४१ नम्बरको मोटरसाईकल चालक साउदको हात, खुट्टा र अनुहारमा चोट लागेको छ। साउदले चलाएको मोटरसाईकलमा पछाडी सवार डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २२ वर्षीय खगेन्द्र खड्का र धनगढी उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय विरेन्द्र बोहरा घाईते भएको प्रहरीले जनाएको छ।
चारै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरेहेको छ । प्रहरी सहायक निरीक्षक जगतप्रसाद अवस्थीको कमाणडमा प्रहरी टोली दुर्घटना स्थलमा खटिएको र चारै जनाले मादक पदार्थ सेवन गरेको जनाइएको छ । दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।




