कृषि हाटबजारका निर्माण भएका संरचना प्रयोगविहीन

धनगढी- कृषि हाटबजारका लागि तीन वर्षअघि निर्माण भएका संरचना अझै पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखड नजिक बनेको कृषि बजारका लागि बनाइएका भौतिक संरचना स्थानीयको पायक पर्ने ठाउँमा नभएपछि ती संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

Ganyapdhura gau

प्रदेश सरकारको सहयोगमा करिब ६५ लाख रुपियाँमा घोडाघोडी नगर कृषि बजारका भौतिक संरचना निर्माण गरिएको थियो । करिब पाँच कट्ठा क्षेत्रफलमा ती भौतिक संरचना तीन वर्षदेखि ताला लगाएर राखिएको छ । राज्यको लगानी उपयोगमा आउन नसकेकामा स्थानीयवासीले दुःखेसो पोखेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/०७७ मा कृषि ज्ञान केन्द्र मार्फत आएको सहयोग अनुदानमा स्थानीय रूपमा निर्माण समिति गठन गरी घोडाघोडी नगर कृषि बजारका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको कृषि बजार निर्माण समितिका सचिव होम तामाङले बताए ।

हाल हाटबजार लाग्ने गरेको स्थान हेलिप्याड नजिकै खानेपानी र घोडाघोडी क्याम्पस जोडिएको जग्गामा निर्माण गर्ने भनिए पनि जग्गा विवादका कारण निर्माण कार्य अन्यत्र सार्नु परेको थियो ।

स्थानीय समाजसेवी रण बहादुर बोहोराले जग्गा उपलब्ध गराएपछि बजार देखि टाढा सो भौतिक संरचना निर्माण गरिएको हो । हाल सो ठाउँमा कृषि बजार प्रयोगमा ल्याउन नसक्नु स्थानीय सरकारको कमजोरी रहेको स्थानीयको आरोप छ ।

Couple
Loading...