

धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज बिष्ट अनिवार्य अवकाशमा गएका छन् । आइतवारबाट बिष्टसहित सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन् ।



सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षे सेवाअवधि कायम हुने आदेश भएपछि आइतवारबाट उनीहरू अवकाशमा गएका हुन् ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहितला अवकाश पाएका प्रहरी अधिकृतहरूलाई डिआईजी रविन्द्र केसीसहितका प्रहरी अधिकारीहरूले बिदाइ गरेका थिए । कुशल अफिसरका रुपमा परिचीत बिष्टले विगतको इमान, धर्म र ज्ञानलाई समाजसेवामा उपयोग गर्ने बताएका छन् ।