धनगढी सिटी अफ क्रिकेटको आधिकारिक जर्सी अनावरण 

धनगढी- धनगढी सिटी अफ क्रिकेटको आधिकारिक जर्सी अनावरण गरिएको छ । आइतबार सुदूर पश्चिमाञ्चल क्याम्पस एसपीए कलेजको बिआइएमबिएचएम दोस्रो ब्याचमा अध्ययनरत विद्यार्थीहरू लाई बिदाइ गर्न आयोजना गरिएको ग्राण्ड ग्राजुएशन कार्यक्रममा उक्त जर्सी सार्वजनिक गरिएको हो । 

Ganyapdhura gau
Dadeldhura hospital

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेखराज खड्का र कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले संयुक्त रूपमा जर्सीको अनावरण गरेका हुन् । 

Navadurga sun
Godawari sandesh

कालो रङको जर्सीमा सेतो अक्षरले धनगढी सिटी अफ क्रिकेट लेखिएको छ । जर्सी सँगै धनगढी सिटी अफ क्रिकेट को लोगो अंकित कप समेत सार्वजनिक गरिएको छ । भने कार्यक्रममा बोल्दै मन्त्री खड्काले एसपीए कलेज सुदूरपश्चिम प्रदेशमै अग्रणी कलेजका रूपमा स्थापित कलेज भएको बताउँदै क्रिकेटको क्षेत्रमा प्रबन्ध निर्देशक सुवास शाही र कलेज परिवारले अहम् भूमिका खेलेको बताए । 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समिति अध्यक्ष एवं धनगढी सिटी अफ क्रिकेटका परिकल्पनाकार शाहीले धनगढी लाई धनगढी सिटी अफ क्रिकेटका रूपमा पहिचान दिलाउन विगत लामो समय देखी खेलकुद तथा क्रिकेट सँग सम्बन्धित विभिन्न गतिविधिहरू सक्रिय रूपमा गर्दै आइरहेका छन् ।

Couple
Loading...