भदौ २४ र २५ गते अखिल क्रान्तिकारी सुदूरपश्चिमको दोस्रो सम्मेलन अत्तरियामा हुने

अत्तरिया- अखिल क्रान्तिकारी विद्यार्थी सगंठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन भदौ २४ र २५ गते हुने भएको छ । ‘संविधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागी दोस्रो प्रदेश सम्मेलन’ मूल नाराका साथ अखिल क्रान्तिकारीले प्रदेशको दोस्रो सम्मेलन गर्न लागेको हो ।

Ganyapdhura gau

शनिबार नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संगठनले दोस्रो सम्मेलन बारे जानकारी दिएको हो । क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिपक डिसिले दोस्रो सम्मेलनको तयारी स्वरुप विभिन्न उप समिति समेत गठन गरिसकेको बताए ।

Navadurga sun
Dadhaldhura pur

‘भदौ २४ र २५ गते कैलालीको गोदावरी नगरपालिका अत्तरिया स्थित नमस्ते हलमा हाम्रो सम्मेलन शुरु हुने छ’ अध्यक्ष डिसिले भने, त्यसका लागी मूल आयोजक समिति, आर्थिक, अतिथि सत्कार, मन्च व्यवस्थापन, प्रतिवेदन लगायत विभिन्न समिति गठन गरिसकेका छौँ, संगठनका केन्द्रिय अध्यक्ष, पार्टी प्रदेशका पदाधिकारी लगायत हाम्रो सम्मेलनको वक्ता रहनुहुने छ ।’

दोस्रो सम्मेलनको लोगो समेत सार्वजनिक गरि सकिएको छ । प्रत्येक जिल्ला, पालिका, क्याम्पस इकाई कमिटी, सामुदायिक विद्यालय, प्राविधिक क्याम्पस लगायतबाट २ सय ७२ जना प्रतिनिधि आउने उनले बताए । ‘हामीले प्रत्येक जिल्लाबाट ५/५ जना भूगोलका प्रतिनिधि ल्याउने भनेका छौँ, उनले भने, धनगढी उपमहानगरपालिकाबाट २ जना र अन्य ७७ पालिकाबाट १/१ जना लगायत क्याम्पस राष्ट्रिय कमिटी, त्रिभुवन विश्वविद्यालयका क्याम्पस, सुप विश्वविद्यालयका क्याम्पस, प्लस टु लगायत विभिन्न क्लस्टरमा प्रतिनिधि आउने छन्, ति मध्ये ३५ प्रतिशत अनिवार्य महिला ल्याउनुपर्ने प्रावधान बनाएका छौँ, हाम्रो सम्मेलन भव्य रुपमा सम्पन्न हुने छ ।’

दोस्रो सम्मेलनपछि ५१ देखि ९९ जनाको बिचमा प्रदेश कमिटी बन्ने बताइएको छ । ९ देखि १३ जना भित्रमा पदाधिकारी चयन गर्नुपर्ने अखिल क्रान्तिकारी सुदूरपश्चिमको बैठकले निर्णय गरेको छ । सदस्य तथा पदाधिकारीमा पनि ३५ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...