अत्तरिया- कैलालीको अत्तरियामा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ बारे छलफल गरिएको छ । आज एक कार्यक्रमका बिच अत्तरिया स्थित पतञ्जली योग समितिको हलमा नेपाल महर्षी फाउन्डेसन दैनिक कल्चर तथा गुरुकुल को आयोजनामा धार्मिक जागरण तथा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ २०८१ कार्तिक २२ देखि २५ गतेसम्म भृकुटीमण्डप काठमाडौँमा हुने भएकाले यसको प्रचारप्रसारका लागि आज एक कार्यक्रम गरी सञ्चालन बारे जानकारी गराइएको हाे ।




नेपालमा राजनीतिक अस्थिरता र राज्य व्यवस्थाले पनि सुशासन दिन सफल नभएको अवस्थामा विश्वव्यापी तापक्रमको प्रकोप बढ्दो भएको अवस्थामा अतिरुद्र विश्वकल्याण विराट महायज्ञद्वारा वैदिक बटुक तथा पण्डितहरू १ हजार १ सय ११ जना द्वारा पूर्ण निष्ठाका साथ सम्पन्न गरिने यज्ञको तयारी भइरहेको कुरा अवगत गराउन कार्यक्रम सञ्चालन गरिएको हो ।





कार्यक्रममा साहित्यकार तथा गोदावरी धाम विकास समिति अध्यक्ष पदमराज जोशीले अध्यक्षतामा सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री तथा महर्षी वैदिक फाउन्डेसनका नेपाल प्रमुख दीपक प्रकाश बास्कोटा रहेका थिए । त्यस्तै विशिष्ट अतिथिहरूमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, नेपाल महर्षी फाउन्डेसनका काठमाडौँ प्रमुख डिल्लीराम अधिकारी, विश्व हिन्दु महासङ्घका कार्यवाहक अध्यक्ष भरतराज पौडेल रहेका थिए ।


कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि बास्कोटाले गुरु व्यापक छन् गुरुको सम्मान गर्नुपर्छ । त्यसैले हामीले कार्यक्रममा गुरुको पूजा गर्यौ शंकराचार्यको पूजा गरौँ उहाँ महान हुनुहुन्छ जसरी शंकराचार्य गुरुज्यूले दोस्रो विश्वयुद्धको ध्यान गरेर रोक्न १९४४ मा २००० ब्राह्मण तथा १० हजार भक्तजनहरूद्वारा कोटीहोम महायज्ञको आयोजना गर्नुभयो । ‘यसबाट अविष्ट सिद्धि हासिल समेत भयो । विश्वयुद्ध अन्त भएर सबै देशहरूको कल्याण भयो । संसारमा वैज्ञानिकहरूले ध्यानलाई सेना जनताहरूमा सिकाए ।’ बास्कोटाले भने, ‘युद्धरत देशहरूमा यसबाट लडाइँको अन्त भयो अहिले नेपालका सबै गुरुकुलहरूमा ध्यान सिकाइन्छ।
आयुर्वेदिक जस्तो उत्तम उपचार पद्धति हामीहरूले अवलम्बन गर्नुपर्छ सरकार बदलिए पनि जनताहरूको समस्या बदलिएन स्वस्थ जीवनको लागि स्वस्थ खाना पनि हामीहरूले खानुपर्छ यसबाट हाम्रो शरीरमा निरोगिता आउँछ।’ भृकुटीमण्डपमा हुने यज्ञहरूबाट नेपालमा शान्ति स्थापना गर्नेछ । रामराज्य ल्याउनेछ। भन्ने आशा हामीहरूले लिएका छौं उनले भने । नेपालको अस्मिता वैदिक परम्परा हो । योग साधना गर्ने हाम्रो परम्परालाई कसैले पनि छोड्नु हुँदैन । हामी निरोगी हुनुको लागि आयुर्वेदिक उपचार पद्धति अगाल्नुपर्छ । विश्वलाई बचाउने हो भने वेद बचाउ वेद बचाउने हो भने नेपाल बचाउ भनी अमेरिकी वैज्ञानिकहरूले पनि भनेका छन् त्यसैले हाम्रो हिन्दु धर्म महान छ । भनेर भन्नुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष जोशीले संसारभरि फैलिएका नेपालीहरुले आफ्नो संस्कृतिको जगेर्ना गरिरहेको सबैको सहयोगले कार्यक्रम सञ्चालन भएकोले सबैलाई धन्यवाद दिँदै आफू साहित्यको विकास गर्दै गोदावरी धाम विकास गर्न अग्रपंक्तिमा रहने बताए छन् । कार्यक्रममा वक्ताहरूले नेपाल वैदिक भूमि ज्ञानभूमि शान्तिभूमि बुद्धभूमि स्वर्ग भूमि भएकाले महर्षी महेश योगी नेपाल आएको ५० वर्षको अवसर पारेर कार्तिक २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डप काठमाडौँमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरिने जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा विश्व हिन्दु परिषद्का सदस्यहरू, गोदावरी गुरुकुल संस्कृत विद्यापीठका बालकहरू, गुरुहरू साहित्यकारहरू लगायतको उपस्थिति रहेको थियो । नेपालमा ९२ वटा गुरुकुलहरू छन् । कैलालीमा मात्रै १२ वटा गुरुकुल संस्कृत विद्यापीठहरू छन् । गुरुकुल संस्कृत विद्या पीठ पनि विश्व हिन्दु परिषद्मा आबद्ध छन् ।
विश्व हिन्दू महासङ्घका प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य शिरोमणि ओझाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन पत्रकार थपेन्द्र जोशीले गरेका थिए ।




