​​​​​​​बिपद् व्यावस्थापनको काम गर्दै गरेको साझेदारी संस्थाको विदाई

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा बिगतबर्षदेखि यस पालिका भित्रका बिपत् जोखिन न्यूनिकरण तथा ब्यावस्थापनको काम गर्दै आएको USAID को तयार नेपालआज बाट कार्यअबधी सकिएको छ । पालिका र साझेदारी संस्था USAID – तयार नेपालद्वारा पालिका भित्र ठाउँठाउँमा तटबन्धन तथा अन्य आय आर्जनका क्रियाकलाप गरेर बिदाई भएको छ ।

USAID – तयार नेपालद्वारा गोदावरी नगरपालिका वडा न. ४ गोदावरी धाम करिब ५० लाखको तटबन्धन कार्य, गोदावरी नगरपालिका वडा न. १२ आदर्श बस्तीमा ८७ लाख बढीको टुडैला खोला तटबन्धन कार्य, गोदावरी नगरपालिका वडा न १० को जनप्रभात टोलको चाक्ले खोलामा ९७ लाख बढीको टतबन्धन, गोदावरी नगरपालिका वडा न. ९ सेहरीको खुटिया खोला तटबन्धनका लागि अढाई करोड बढीको लागतमा तटबन्धन कार्य सम्पन्न गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

USAID – तयार नेपालद्वारा पालिका भित्र ठाउँठाउँमा संस्थागत क्षमता विकास तालिमको आयोजना गरेको जानकारी गराएको छ । जस अनुसार
१) विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन स्थानियकरण तालिम
२)फायर फाईटरहरुलाई आगलागी व्यावस्थापन सम्बन्धी तालिम
३) विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापनमा लैङ्गिक विभेदमा आधारित तालिम
४) स्फियर मापदण्डसम्बन्धि तालिम संचालन
५) भि.एच.एफ प्रयोग सम्बन्धि अभिमूखीकरण
६) प्रारम्भिक द्रुत लेखाजोखा तालिमा लगायतका क्रियकलाप गरेको बताएका छन ।

बाताबरं संरक्षण , जलवायु परिवर्तन अनुकुल कार्यक्रम संचालन गरेकोः
१) ठोस फोहोत ब्यावस्थापन
२) बगर खेती
३)नमूना कृषि वन प्रबर्धन कार्यक्रम
४) अति संकटासन्न तथा विपन्न वर्गका लागि आर्थिक उत्थानशिलता अभिबृद्धी कार्यक्रम
५) सहभागितामूलक दोगो बजार प्रणाली प्रबर्द्धन
६) सिमान्तकृत समुदायको लागि एकोकृत माछापालन
७) जलबायुमैत्री कृषि प्रबिधि प्रबर्द्धन
लगयत अन्य क्रियाकलापमा प्रतक्ष सहभागिता जनाएको छ ।

Dadeldhura hospital

त्यसैगरी USAID को तयार नेपाल साझेदारी संस्थाले पालिका भित्रका बिभिन्न ठाउँमा व्यावसाय विपद् जोखिम न्यूनिकरणमा प्रतक्ष्य सहभागिता जनाएको छ ।
१) व्यावसाय निरन्तरता योजना
२) निजी क्षेत्र नविनतम कार्यक्रम
३) निजी क्षेत्र नवप्रवर्तन क्षमता विकास कार्यशाला गोष्ठी
साझेदारी संस्था USAID – तयार नेपालद्वारा यस क्षेत्रमा रहेका दलित, बिपन्न, जनजाती आयस्रोत कम भएका ६० परिवारलाई यस क्षेत्रमा माछा पालन पोखरीमा जिम्मेवारि दिने गरी काम अगाढी बढाएको छ ।
पालिका भित्र यस संस्थाले जनताको जिविकोपार्जनका लागि गर्दै गरेका क्रियाकलापहरुलाई शिरोधार्य गरी काममा निरन्तरता दिदै जाने गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन । बिदाई कार्यक्रममा तयार नेपाल संस्थाले ५ बर्षको अबधीका के के काम गर्यो र कसरी “विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापनमा गोदावरी नगरपालिका” नामक पुस्तक विमिचन कार्यक्रम समेत गरिएको थोयो

केही दिन अघि मात्र गोदावरी  नगरपालिका वडा न. १० मा  USAID – तयार नेपालले ६५ मिटर लामो र ४६ मिटर चौडा हुने गरी २ ओटा पानी पोखरी खाल्डोको लागि आज बाट काम सम्पन्न गरी स्थानियलाई हस्तान्तरण गरेको छ ।  यस पोखरीको चारै तिरको भागमा काडेतार, बृक्षारोपण सँगै एकीकृत माछा पालन कार्यक्रम,तरकारी खेती, घाँस खेती, हासको पालन लगायतका लागि काम अगाढी बढाईसकेको जनाएको छ ।

त्यसैगरी गोदावरी नगरपालिकाको खुटिया नदीको तल्लो तटिय क्षेत्रमा बर्सातको समयमा बाढी आई गाउँ बस्ती नै उठिबास हुन बाट बचाउनका लागि एडिबि (जनता तटबन्ध कार्यक्रम) र गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा गोदावरी नगरपालिकाको सेहरीमा तटबन्धको काम सम्पन्न भएको हो ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले नगरपालिकाले पछिल्लो समयमा तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । गुणस्तिरिय र जनताका लागि केन्द्रित भएर काम सम्पन्न  गरेकोमा हामी ढुक्क रहेको उनको भनाइ थियो ।

खुटिया नदीको शेहरीको भेगमा वारी पट्टी गोदवारी नगरपालिका वडा न. ९ र पारी पट्टी धनगढी–१७ मा खुटिया नदीले वर्षेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि गोदावरी नगरपालिकाले ग्याविन जाली सहितको पक्कीखाले तटबन्धन गरिएकोले यस बर्ष कुनै क्षती नपुगाएको  जानकारी ननगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

नदी कटानको समस्या बढ्दै जाँदा वर्षेनी तटीय क्षेत्र आसपासको सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत हुने गरेको छ । चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने भेलले लेदो माटो, ढुङ्गा र बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकको भनाइ रहेको थियो । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गोरीगङ्गा, कान्द्रा काँडा, शिवगङ्गा, घुराहा नदीले बढी कटान गर्ने गरेका छन् ।

Loading...