


अत्तरिया- तराईका जिल्लामा चुनौती बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनका लागि गोदावरी नगरपालिकाले आज बाट आफ्नै गौशालामा गाईबस्तु राख्न सुरु गरेको छ ।


कैलालीको गोदावरी नगरपालिका वडा न ७ को गोलादेवी सामुदायिक वनको बिचमा रहेको मन्दिर परिसरमा व्यवस्थित रुपमा गौशाला निर्माण पश्चात आज श्रीकृष्णजन्माष्ठमीको अवसरमा गौशाला र गाईको पूजाआजा गरी विधिवत रुपमा उद्घाटन गरिएको छ ।


गोदावरी नगरपालिका भित्र छाडा पशु चौपायाहरूलाई व्यवस्थापनका लागि गोदावरी नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा पशु चौपायाहरूलाई गाँस बास सँगै स्याहार सुहारको लागि गौशाला निर्माण गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी गराएका हुन् ।
छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँ देखि भोग्दै आएका छन ।
सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माणको काम अघि बढाएर पहिलो चरणको काम सकाएर गौशालालाई विधिवत रुपमा उद्घाटन गरिएको हो ।

उक्त गौशाला निर्माणको पहिलो संरचना रहेको क्रमिक रुपमा अन्य संरचना तथा गाईबस्तुहरूलाई क्रमिक रुपमा व्यवस्थापन गर्दै जाने दीर्घकालीन योजना रहेको नगर प्रमुख भट्टले बताए ।
किसानलाई मलको अभाव खड्किरहेको सन्दर्भमा गौशालाले मलमूत्रको अभाव पूर्ति गर्न समेत योगदान गर्ने मेयर भट्टले बताए, यस ठाउँमा गौशाला निर्माण गर्नु पर्छ भन्दै हामी सँग सहजीकरण गर्ने योगी पिताम्बर ज्यू ले पनि यस ठाउँमा गाईबस्तुलाई व्यवस्थापनमा साथ दिने बताएका छन । भने आज उहाँकै सहकर्मी योगी यज्ञराज कडेलको उपस्थितिमा हामीले यस ठाउँमा गाई व्यवस्थापनका लागि काम अगाडि बढाएको नगरप्रमुख भट्टले बताएका छन ।
छाडा गाई व्यवस्थापनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सहित पालिकाको सीमित बजेट हुने भएकोले एकै पटक धेरै रकम विनियोजन हुन नसकेपनि क्रमशः सहयोग गर्दै जाने बताए । गाई राष्ट्रिय जनावर पनि रहेको र हामी सबै हिन्दुहरूको जन्मदेखि मृत्युपर्यन्तका विभिन्न देव कार्य र पितृकार्यमा पवित्र मानिने भएकोले गाईको उचित संरक्षण र व्यवस्थापनमा सबैको सहयोग हुनुपर्ने बताए । गौशाला व्यवस्थापन बाट सोचे भन्दा राम्रो आम्दानी गर्न सकिने बताए । गाई गोरुको संरक्षणको साथै मल मूत्र प्रयोग गरी अगरबत्ती, कीटनाशक औषधि लगायतमा उपयोग गर्न गर्न सके गौशालाको आयस्रोत बढ्ने र रोजगारी सिर्जना हुने बताए ।
‘गाई राष्ट्रिय जनावर हो । हिन्दु परम्परा अनुसार गाईलाई पुज्ने समेत गरिन्छ तर, पछिल्लो समय यही गाई हेला बनेको देख्दा अचम्भित हुने गरेको भट्टले बताए । ‘गाई संरक्षण गर्नुपर्छ भन्ने धारणा सबैमा विकास गर्न र गौशालालाई व्यवस्थित गर्न हामीले ढिलै भए पनि गौशालाको निर्माण गरेको बताएका छन । गौशाला निर्माण गरेर गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्न गर्न सके गौशाला ब्यवस्थापनमा कुनै समस्या नहुने र रोजगारीको अवसर सिर्जना हुने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै योगी यज्ञराज कडेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगारसँग जोड्ने योजनाका साथ अघि बढेको बताए । गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधी, धुपबत्तीको रुपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउदै गाईको महत्व बारेमा सबैलाई बुझाउ आवश्यक रहेको जानकारी दिए । हामी गाईको मल मूत्र र दुध सबै लाई उपयोग गर्ने र गोदावरीमा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको बताए ।
बिगतका बर्षहरुमा गोदावरी नगरपालिकाबाट गौ व्यवस्थापन र हेरालुका लागि बर्षेनी करोडौ रकम खर्च भएको देखिन्छ नै, यसरी खर्च गर्नु भन्दा पालिका भित्र नै दिगो तरिकाले पशुचौपायाहरुलाई व्यवस्थापन गर्न तिर आफूहरु लागि रहेको नगर प्रमुख भट्टले बताए ।





