धनगढीमा शैक्षिक गुणस्तर सुधार्न गर्न कृषि विकास बैंकको सहयोग

अत्तरिया- शैक्षिक गुणस्तर सुधार्न गर्न कृषि विकास बैंकले सहयोग गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषमा बैंकको धनगढी शाखाले आइतबार आर्थिक सहयोग गरेको हो ।

Dadeldhura hospital

विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले ५ लाख रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ९५ जना बालबालिकाका लागि पोसाक तथा पाठ्यसामग्री खरिद गर्न सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द्र गुरुङले बताए ।

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो । कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्नेहरूको संख्या बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

Loading...