महिला प्रधानमन्त्री बनाउने बारे सोच्दैछु : केपी ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि केही तयारी चाहिने बताए ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ । तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु ।’

Navadurga sun

उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षा मन्त्री बनाएको भन्दै अहिले पछिल्लो समय महिला मुख्यमन्त्री बनाएको बताए । उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी पनि गरे ।

अहिले सरकारी भ्रमण टोलीमा आफूले महिला सहभागिता अनिवार्य गरेको पनि जानकारी गराए । ‘एकजना मात्र बोलाए बेग्लै कुरा नभए विदेश भ्रमण वा कतै डेलिगेशनमा जाँदा महिला अनिवार्य गर्ने व्यवस्था मिलाएको छु’, ओलीले भने ।

ADD Khali jpg
ADD Khali jpg
Loading...