बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु

बैतडी- बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटमा बिहीवार सुदूूरपश्चिम प्रदेश ०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा ट्रक साहु सुर्नया गाउँपालिका–६ का ३० वर्षीय जगदीश अवस्थीको घटनास्थलमै मृत्यु भएको हो ।

Dadeldhura hospital

सिल्लेगडा–कटौजपानी कच्ची सडकमा भएको दुर्घटनामा सुर्नया गाउँपालिका–६ मूलखटालीका ट्रक चालक ३८ वर्षीय अम्मर अवस्थी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का राजेन्द्र राना घाइते भएका छन् । घाइते मध्ये चालक अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । ट्रक सडकबाट ५० मिटर तल खसेको बताइएको छ । छड र सिमेन्ट बोकेर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

Loading...