धनगढीमा सार्वजनिक शौचालय सञ्चालन गर्न ठेक्का

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले शौचालय सञ्चालन गर्न ठेक्कामा दिएको छ । धनगढी उपमहानगरपालिकाको परिसरमा निर्माण गरिएको आधुनिक शौचालय सञ्चालनका लागि ठेक्कामा दिइएको हो ।

पाँच वर्षका लागि शौचालय सञ्चालन गर्न बालाजी कन्स्टक्सनलाई ठेक्कामा पाएको छ । बालाजी कन्स्टक्सनले वार्षिक २ लाख १० हजार रुपैयाँ उपमहानगरपालिकालाई शौचालय सञ्चालनको भाडा दिने छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उपमहानगरपालिकाको शौचालयसँगै चमेनागृह, पूर्वी क्षेत्रको पार्किङ शुल्क, विद्युतीय सवारीको चार्ज स्टेसन सहित सञ्चालनका लागि ठेक्कामा दिइएको हो । धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दिज राज भट्टले आधुनिक शौचालय सञ्चालनका लागि सम्झौता भएको बताए ।

धनगढी उपमहानगरपालिकाले ३९ लाख ४ हजार ८ सय ४४ रुपैयाँको लागतमा आधुनिक सार्वजनिक शौचालय निर्माण गरेको थियो ।

धनगढी उपमहानगरपालिका परिसरमा रहेको पुरानो शौचालयको स्थानमा नयाँ आधुनिक शौचालय निर्माण गर्न बी एण्ड बी बिल्ड्रस सँग सम्झौता गरिएको थियो । उपमहानगरपालिकाले शौचालय निर्माण गरेर सञ्चालनका लागि ठेक्कामा दिएको हो ।

Loading...