राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफरको योजना

राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ । आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ । बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।

यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ । ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ ।

Navadurga sun

नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँ सम्मको कर्जा पाइने बैंकले जनाएकाे छ ।

यो योजना यहि २०८१ भाद्र १ गते देखि २०८१ कार्तिक मसान्त सम्मको लागि मात्र रहनेछ । विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्नुहोस ।

ADD Khali jpg
Loading...