विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

धनगढी- कैलाली प्रहरीले विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी स्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई पक्राउ गरेको हो ।

बाजुराको त्रिवेणी नगरपालिका–७ घर भएका ती शिक्षक धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Navadurga sun

तिमिल्सेनाले आफू पढाउने विद्यार्थीलाई गत साउन ३० गते दिउँसो धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा बोलाएर बाल यौन दुरुपयोग गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।

ADD Khali jpg
Loading...