कैलालीमा भारी वर्षा, साना ठुला नदीको बहाव बढ्दै

अत्तरिया- कैलाली अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेको छ। यहाँका साना ठुला नदीमा पनि बहाव बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पानी परिरहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागमा उच्च सतर्कता अपनान भनिसकेको जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार कैलालीका सबै नदीमा पानीको बहाव वार्निङ लेबल नजिक पुगेको छ । खुटिया नदीमा वार्निङ लेबल ४ मिटर हुँदा बिहान ६ बजेसम्मको अवस्थामा २.८६ पुगिसकेको छ । कर्णाली चिसापानीमा पानीको सतह ८.०५ पुगेको छ भने मोहनामा २.६ मिटर पुगेको छ । कर्णालीमा वार्निङ लेबल १० र मोहनामा ३ रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सबैभन्दा धेरै पानीको बहाव कन्द्रा नदीमा बढिरहेको छ । उहाँ वार्निङ लेबल ४.५ हुँदा पानीको तह ४.४३ मिटर पुगिसकेको छ । नदीमामा पानीको सतह बढ्दै गइरहेको छ । जसका कारण कैलालीका दक्षिण क्षेत्र डुबानको खतरामा परेका छन् ।

Loading...