अत्तरिया- सुदूरपश्चिम ब्युटी पार्लर एसोसिएसन शाखा कार्यालय अत्तरियाले मास्टर नेशनल आर्ट तालिम सम्पन्न भएको छ । कैलालीकाे अत्तरियामा साउन २० गते देखि सुरु गरिएको उक्त तालिम मंगलबार सम्पन्न गरिएको हो ।




जेल पोलिस अप्लाई देखि आक्रलिक, पोलिजेल, बिल्डर जेल, युबी जेल सम्मको तालिम ब्युटी पार्लर वालालाई जोड दिँदै अरु महिलाहरूलाई पनि तालिम दिएको हो । तालिममा ४०-५० जना सहभागीहरू थिए ।







काठमाडौँबाट आएकी प्रशिक्षक शशिकला राई र काठमाडौँबाटै आएकी प्रशिक्षक जुनगिरी सँगै अत्तरिया ब्युटी पार्लर एसोसिएसन शाखा अत्तरियाकी अध्यक्ष दीपिका कुँवरले प्रशिक्षण गराएकी हुन।
यस तालिम सिकेपछि महिलाहरू आत्मनिर्भर हुने र ब्युटी पार्लरमा नङ्ग सजाउनका लागि विभिन्न डिजाइन दिएर नङको सुन्दरता बढाउनका निम्ति सहयोग गर्छ ।
यो क्लास लिएपछि वैदेशिक रोजगारमा जान पनि सहयोग गर्छ भनेर प्रशिक्षक शशिकला राइले बताइन् ।कार्यक्रममा यस क्षेत्रका ब्युटी पार्लरवाला महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।




