

धनगढी- कैलालीमा आज (मंगलबार) चार जना फरार दोषी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले अदालतबाट दोषी ठहर तर फरार भएका चार जनालाई पक्राउ गरेको हो ।




लागूऔषध मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २६ वर्षीय विजयकुमार नेपाली, सोही मुद्दामा धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रज्वल न्यौपाने, चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २३ वर्षीय सुविन भन्ने सुरवीर डगौरा र सोही मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २१ वर्षीय राज चौधरी भन्ने राजसिंह पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कैलालीमा पेस गरिएको प्रहरीले जनाएको छ ।




